१० मंसिर, २०८१ सोमबार

06:09:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपकार लघुवित्तको आइपीओ बाँडफाँड, नतिजा कसरी हेर्ने ?

Nepal Business

९ बैशाख, २०७९

गोलाप्रथाद्धारा बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेको

उपकार लघुवित्तको आइपीओ बाँडफाँड, नतिजा कसरी हेर्ने ?

काठमाण्डौं । उपकार लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । शुक्रबार गोलाप्रथाद्धारा कम्पनीले आइपीओ बाँडफाँड गरेको हो ।  

यसरी बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेको कम्पनीले जनाएको छ । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। 

कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको कम्पनीले जानकारी दिएको हो । 

आइपीओ हात पारेका लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

यस्तै उपकार लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।