७ जेठ, २०८१ सोमबार

07:38:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक छ–मन्त्री झाक्री

Nepal Business

८ बैशाख, २०७९

प्रदर्शनीका वारेमा जानकारी सहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको

नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक छ–मन्त्री झाक्री

काठमाण्डौं । शहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताउनुु भएको छ ।

पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पूल, शहरी एवं यातायात पूूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुनेमा उहाँले जोड दिनुभयो । 

निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वावलोकन कार्यक्रमलाई बुुधवार काठमाडौंमा संवोधन गर्नुहुँदै मन्त्री झाक्रीले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताउनुुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो । 

नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर भएकाले प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गर्नुभयो ।

भारतले आफ्नो विकासका साथै नेपालको विकासपनि सहयोग गर्नुपर्नेमा उहाँको सुुझाव थियो । 

एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एशियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो ।
यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुने महासंघले जानकारी दिएको हो । 

सोही प्रदर्शनीका वारेमा जानकारी सहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुुपर्नेमा जोड दिँदै नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने विश्वास दिलाउनुुभयो ।

अध्यक्ष गोल्छाले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास दिलाउनुु भयो । अध्यक्ष गोल्छाले भन्नुभयो, ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतले नेपाललाई तेस्रो मुलुकको व्यापारका लागि पारवहन सुविधा दिएको छ । भारतका सार्वजनिक र निजी दुवै क्षेत्रले नेपालमा लगानी गरेका छन् । ’

अत्यन्त नजिकको छिमेकीको नाताले भारतलाई नेपालको पूर्वाधार विकासमा अझ बढी सहयोग गर्न उहाँले आग्रह गर्नुुभयो । 

भारतीय राजदूूतावासका प्रथम सचिव (राजनीति तथा शिक्षा) प्रियदर्शनी आरले नेपालको हरेक विकास प्रयासमा भारतले सहयोग गर्ने बताउदै एक्सकोन प्रदर्शनीमा परिणामदायी रुपमा सहभागिताका लागि आग्रह गर्नुभयो । 

एक्सकोन ३ लाख वर्ग मिटर डिस्प्ले क्षेत्रफलमा फैलिनेछ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, यूएई, दक्षिण कोरिया, सिंगापुर र श्रीलंका जस्ता देशहरू सहित भारत र विदेशबाट १ हजारभन्दा बढी प्रदर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

५ दिने प्रदर्शनीमा विश्वभरबाट ४० हजारभन्दा बढी व्यापारिक आगन्तुकहरुले भाग लिनेछन् । कार्यक्रममा एक्सकोनका अन्तराष्ट्रिय प्रचार–प्रसार प्रमुख जयदीप शेखरले एक्सकोन ११ औँ संस्करण भएको र यस वर्षको विषयवस्तु ‘नया संसारको लागि भारत निर्माणः प्रतिस्पर्धात्मकता, विकास’ रहेको बताउदै प्रदर्शनीबाट नेपाललाई पनि लाभ हुनेगरी सहयोग गर्न आफूहरु तयार रहेको बताउनुुभयो । 

भारतीय निर्माण उपकरण उत्पादक संघका पूर्व अध्यक्ष अरविन्द के गर्गले भन्नुभयो, ‘ भारतको सबैभन्दा नजिकको छिमेकी भएकोले, भारतबाट निर्माण उपकरणहरू सोर्सिङमा नेपाललाई रणनीतिक फाइदा छ।’

नेपालका विभिन्न पूर्वाधार आवश्यकताहरूलाई प्रतिस्पर्धी मूल्यमा सस्तो अफरमार्केट सेवाको साथ पूरा गर्न मद्दत गर्ने र यो मेला नेपालका लागि अझ बढी लाभदायक हुने उहाँले विश्वास दिलाउनुुभयो ।