४ जेठ, २०८१ शुक्रबार

09:27:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वातावरणमैत्री ईट्टा उत्पादन गर्न इन्नोसिएसआर जे.बी.इ र ब्रिक्स नेपालबीच सम्झौता

१६ फागुन, २०७८

यस प्रविधिमा परम्परागत ईट्टा उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्ने र ईट्टालाई पोल्नु नपर्ने ।

वातावरणमैत्री ईट्टा उत्पादन गर्न इन्नोसिएसआर जे.बी.इ र ब्रिक्स नेपालबीच सम्झौता

काठमाण्डौं

दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी ‘इन्नोसिएसआरले जे.बी.इको ब्रिक्स नेपाल’सँग नविनतम तथा वातावारण मैत्री ईट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेकोमा त्यसलाई निरन्तरता दिदै जे.बी. इको ब्रिक्स नेपालसँग पनि सम्झौता गरेको हो।

कृष्णमान भुजुले सञ्चालन गरिरहेको जे.बी.इको ब्रिक्सले हाल वार्षिक ५ करोड ईट्टा उत्पादन गर्दै आएको छ । भक्तपुर, मकवानपुर र धादिङमा रहेका ईंट्टा भट्टाबाट जेबी इको ब्रिक्सले माटो पोलेर परम्परागत प्रविधिबाट ईट्टा उत्पादन गर्दै आएको छ । ‘जनशक्ति र कोइला अभाव भएपछि मैले ईट्टा उत्पादनको लागि विकल्प खोजिरहेको थिए, अध्ययनको क्रममा मैले गुड ब्रिक्स सिस्टम फेला पारे, जुन प्रविधिले पोल्नु नपर्ने गरि ईट्टा उत्पादन गर्दछ’, जे.बी. इको ब्रिक्सका संचालक भुजुले भन्नुभयो, ‘यसले नेपालमा देखिएको गुणस्तरीय ईट्टाको अभाव हटाउने छ भने नयाँ प्रविधिले ईट्टा उत्पादन प्रक्रियालाई सरल बनाउनुको साथै ईट्टा को गुणस्तर पनि बढाउँछ।’

उहाँले थप्नुभयो, ‘म इन्नोसिएसआरको प्रविधिसँग काम गर्न तत्पर छु, म आशा गर्छु कि इन्नोसिएसआर र जे.बी.इको ब्रिक्सको सहकार्यले नेपालको ईट्टा उत्पादन उद्योगमा नयाँ आयाम आउने छ।’

कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको ईट्टा उत्पादन उद्योगलाई समस्या भईरहेको छ । गुड ब्रिक्स सिस्टमले यसको समाधान दिँदै वातावरण मैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय ईंट्टा  उत्पादन गर्ने कम्पनीले जनाएको छ। 

इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकल हो । जसले अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा हुने गरि ईट्टामा माटो र सिमेन्टको पकड बनाउन काम गर्दछ । यस प्रविधि मार्फत हाइड्रोलिक मसिनको प्रयोगबाट उद्योग भित्रनै रहि हरेक सिजन ईट्टा उत्पादन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

यसले हरेक ईट्टामा समान गुणस्तर कायम हुन्छ । साथै यस प्रविधिमा परम्परागत ईट्टा  उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्ने र ईट्टालाई पोल्नु नपर्ने कम्पनीले जनाएको छ । 

इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक साम युन्सुक लिका अनुसार गुड ब्रिक उत्पादन प्रविधि नेपालका ईट्टा  उत्पादकहरु माझ लोकप्रिय हुदैछ।  हाल नेपालका २५ वटा ईट्टा  उत्पादकहरु उनीहरुको माटो र मसिन परिक्षणको पर्खाइमा रहेका छन् ।

उहाँका अनुसार यस प्रविधिले ईट्टा  उत्पादन उद्योगमा देखिएका समस्या समाधान गर्नुका साथै अन्य थुप्रै फाइदामा पनि दिएको छ । ‘यसले ईट्टा उत्पादकलाई धेरै आम्दानी दिएको छ।   ग्राहकलाई गुणस्तरीय ईट्टा उपलब्ध भएको छ र पुरै देशले स्वच्छ हावा पाएको छ’, उहाँले भन्नुभयो ।

हाल यस प्रविधिबारे बुझ्न चाहनेको संख्या बढ्दै गएको र त्यसले नयाँ सम्झौता हुने क्रम बढेको कम्पनीले उल्लेख गरेको छ।