२२ बैशाख, २०८१ शनिबार

02:53:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्याँस पाइएन समस्या छ, सिंहदरवारको छेउँका जनताको समस्या नदेख्ने सरकारले अरुको के देख्ला ? (भिडियोमा)

८ बैशाख, २०७९

सरकारले कुनै चासो नदेखाएको भन्दै उनिहरुले जनताको दुखमा गम्भिर हुन अनुरोध गरेका छन् ।

ग्याँस पाइएन समस्या छ, सिंहदरवारको छेउँका जनताको समस्या नदेख्ने सरकारले अरुको के देख्ला ? (भिडियोमा)

काठमाण्डौ । विहान साँझा चिसो भएपनि दिउँसोमा काठमाण्डौमा पनि पसिनै आउनेगरी गर्मी हुन थालेको छ ।

दिउँसोको १२ बजे सिंहदरवारको पूर्व उत्तरतर्फ रहेको घट्टेकुलो नजिकै काठमाण्डौ बस्दै आउनुभएकी रामेछापकी चिना कार्की दोस्रो दिन ग्यास लिन लाईनमा बस्नुभएको थियो ।

जनताको समस्या नदेख्ने सरकार र नेतालाई के के भोट ? भोट हाल्ने बेला आएको छ हाम्ले पनि जानेका छौं

अघिल्लो दिन अर्थात बुधबार देखी लाईन बस्नुभएकी कार्कीको विहिबार पनि पालो आउने नआउने ठेगान छैन । उहाँ भन्नुहुन्छ जनताको समस्या नदेख्ने सरकार र नेतालाई के के भोट ? भोट हाल्ने बेला आएको छ हाम्ले पनि जानेका छौं ।

जनताको सुखः दुख भन्दा पनि भोट माग्न व्यस्त नेताहरुलाई उहाँको सुझाव छ जनताको दुखमा साथ दिनुस भोट त्यसै पाईन्छ ।  फलामको साँग्लोले बाँधेर लाईनमा राखिएका सिलिण्डर सार्दै चिना जस्तै धेरै उपभोक्ताहरुले पालो कुरिरहनुभएको छ ।

सहज रुपमा ग्याँस नपाएपछि चिनाजस्तै धेरैलाई समस्या भएको छ । ग्याँसको लाईनमा बस्दा घरको काम, छोराछोरीको हेरचाह र पढाईलेखाईसंगै आफ्नो काममा पनि समस्या भएको छ । 

बजारमा ग्याँसको अभाव हुन थालेको छ । भारतबाट माग अनुसारको ग्याँस आयत हुन नसके पछि बजारमा ग्याँसको अभाव देखिन थालेको हो । बजारमा उपलब्ध विभिन्न कम्पनी मध्ये केही ग्याँस कम्पनीका उपभोक्ताहरुले दुईदिन देखी लाईनमा बस्दा पनि ग्याँस पाउन नसकेको गुनासो गरेका छन् ।

बजारमा प्रति सिलिण्डर १६ सय रुपैया ग्याँसको मूल्य रहेको छ । 

अनाम नगरको घट्टेकुलोमा रहेको नेपाल ग्यासको डिपोमा केहीदिन देखी ग्याँस किन्नेहरुको लाईन छ । दुईदिनसम्म बस्दा पनि आफुहरुले ग्याँस पाउन नसकेको भन्दै उपभोक्ताहरुले आक्रोस व्यक्त गरेका छन् ।

उपभोक्ताको बारेमा वर्तमान सरकारले कुनै चासो नदेखाएको भन्दै उनिहरुले जनताको दुखमा गम्भिर हुन अनुरोध गरेका छन् ।

ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले पहिलेको तुलनामा अहिले ५० प्रतिशत ग्याँसको आयत घटेका कारण केही असहज अवस्था आएको बताउनुभयो ।

उहाँले डलरको समस्या, आयत निर्यातमा सरकारले नीतिगत व्यवस्थामा ल्याएको परिवर्तन लगाएतका कारण उपभोक्ताको माग अनुसार ग्याँस उपलब्ध गराउन नसकिएको बताउनुभयो । अहिले बजारमा प्रति सिलिण्डर १६ सय रुपैया ग्याँसको मूल्य रहेको छ ।