१० मंसिर, २०८१ सोमबार

06:17:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको सुधार, जल्पा र ग्रीन भेञ्चरको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

Nepal Business

८ बैशाख, २०७९

जाल्पाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको

सेयर बजारमा झिनो अंकको सुधार, जल्पा र ग्रीन भेञ्चरको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

काठमाण्डौं । कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेको छ । बिहीबार सेयर बजार ४.९४ अंकले बढेर नेप्से परिसूचक २ हजार ३ सय २५.४५ विन्दुमा पुगेको हो ।

बिहीबार ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस्तै होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रडक्शन, विविध, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट उपसमुह बढेका छन् भने म्युचल फण्ड, नन्लाइफ इन्स्योरेन्स, फाइनान्स, ट्रेडिङ र बैंकिङ घटेका छन् । 

बिहीबार कारोबार भएका १०० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीकोे सेयरमूल्य घटेको छ । यी कम्पनीहरुमध्ये जाल्पा र ग्रीन भेञ्चरको सेयरमूल्यमा सकारात्मब सर्किट ब्रेक लागेको छ ।

जाल्पाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको छ ।