१० मंसिर, २०८१ सोमबार

06:28:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खाता खोल्नेको संंख्या ५१ लाख ५० हजारभन्दा बढि, सेयरको बढ्दो आकर्षण

Nepal Business

८ बैशाख, २०७९

हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ५० हजार ९ सय ३९ पुगेको छ ।

डिम्याट खाता खोल्नेको संंख्या ५१ लाख ५० हजारभन्दा बढि, सेयरको बढ्दो आकर्षण

काठमाण्डौं । हिजोआज सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । 

कम परिश्रममै राम्रो मुनाफा हासिल गर्न सकिने  र सुरक्षित लगानीको उपयुक्त ठाउँ सेयर बजारलाई मानिन्छ । यो सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार हो । 

आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् ।  कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ५० हजार ९ सय ३९ पुगेको छ । यस मध्ये  ४२ लाख ६४ हजार ५ सय ८२ जना मेरो सेयरमा आवद्ध भै सकेका छन् ।