२२ बैशाख, २०८१ शनिबार

04:18:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार एजेन्टको परिक्षा चौथो पटक स्थगित

८ बैशाख, २०७९

बैशाख ७ गते निर्वाचन आचारसंहिताको कारण देखाउँदै तत्काल परीक्षा सञ्चालन नर्गन भन्सार विभागलाई पत्रमार्फत निर्देशन दिएको छ

भन्सार एजेन्टको परिक्षा चौथो पटक स्थगित

काठमाडौं । भन्सार विभागले बैशाख १७ गते सञ्चालन गर्ने भनिएको भन्सार एजेन्टको परिक्षा पुनः स्थगित भएको छ । 

निर्वाचन आयोगले बैशाख ७ गते निर्वाचन आचारसंहिताको कारण देखाउँदै तत्काल परीक्षा सञ्चालन नर्गन भन्सार विभागलाई पत्रमार्फत निर्देशन दिएको छ ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई भनेको छ ।

आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएको अवस्थामा स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म परीक्षा सञ्चालन नगर्न भनिएको छ ।

मिति २०७७ साल चैत्र १६ गते विभागले भन्सार एजेन्टको लागि आवेदन फाराम खुलाएको थियो ।

योसँगै भन्सार एजेन्टको परीक्षा चौँथो पटक स्थगित भएको हो । यस अघि पनि कोरोना तथा समावेशीताको माग गर्दै उच्च अदालत पाटनमा परेको मुद्धाका कारण परिक्षा स्थगित भएको थियो ।