१० मंसिर, २०८१ सोमबार
06:34:31 AM
८ बैशाख, २०७९
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले अनुमति पाएको छ ।
कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न बोर्डबाट वैशाख ७ गते अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्नेछ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
एनएमबि क्यापिटल लिमिटेड कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक रहेको छ ।