७ मंसिर, २०८१ शुक्रबार
07:02:26 PM
७ बैशाख, २०७९
सरकारको अपरिपक्क कार्यशैलीका कारण अर्थतन्त्र खस्कदोँ अवस्थामा संकट उन्मुख रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ
काठमाण्डौ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले देशको अर्थतन्त्र खस्कँदो अवस्थामा पुग्दा पनि सरकारले कुनै सकारात्मक कदम चाल्न नसकेको बताएको छ ।
महासंघका अध्यक्ष एलपी साँवा लिम्बु र महासचिव भागिरथ सापकोटाद्धारा जारी विज्ञाप्तिमा वर्तमान सरकारको अपरिपक्क कार्यशैलीका कारण अर्थतन्त्र खस्कदोँ अवस्थामा संकट उन्मुख रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा विदेशी विनिमयको सञ्चिती घटिरहेको, भुक्तानी सन्तुलन घाटामा रहेको र बैंकहरुमा तरलता अभाव बढ्दै गएको अवस्थामा सरकारले स्वार्थकेन्द्रित निर्णय गर्दै जानु देश र जनताको लागि घातक हुने जनाइएको छ ।
नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बानाउन आव्हान समेत गरेको छ ।
महासंघले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई स्थापित गर्दै आर्थिक रुपान्तरणका गतिविधिमा संलग्न हुनुपर्ने भन्दै सबैलाई देशको अर्थतन्त्र सुधारका विषयलाई उठान गरेर निर्वाचनमा सहभागि हुन समेत अनुरोध गरेको छ ।