१० मंसिर, २०८१ सोमबार
06:14:41 AM
७ बैशाख, २०७९
काठमाण्डौं । सामान्य रुपले मंगलबार बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ ।
आज (बुधबार) सेयर बजार ३६.७३ अंकले घट्दा नेप्से परिसूचक २ हजार ३ सय २०.५१ विन्दुमा बन्द भएको हो ।
बुधबार ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको कारोबार भएको छ ।
यस्तै सबै उपसमुह घटेका छन् । आज कारोबार भएकामध्ये दुई कम्पनीको सेयरमूल्य उच्च वृद्धि भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्यमा ेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६४५.२० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।