१० मंसिर, २०८१ सोमबार
06:12:23 AM
७ बैशाख, २०७९
काठमाण्डौं । उपकार लघुवित्तको आइपीओ वैशाख ९ गते बाँडफाँड हुने भएको छ ।
शुक्रबार (वैशाख ९ गते) आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको हो ।
कम्पनीको आइपीओमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात लाग्ने छ भने बाँकी २४ लाख ९ हजार जनाको हात खाली हुनेछ ।
यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिँदा कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको हो ।
कम्पनीले चैत २५ गतेदेखि ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।