२९ फागुन, २०८१ बिहिबार
10:49:02 PM
८ पुस, २०७८
आठ लाख ८७ हजार विधुत महशुल बक्यौता । १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध
पौष ८, २०७८
आर्थिक अभावका कारण पाँच महिनादेखी काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले विद्युत महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि लाइन काटेको हो ।
प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत महशुल ८ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उहाँले बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ ।
प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत महशुल ८ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उहाँले बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ ।
यस बारेमा फाण्डेशनको केन्द्रीय कार्यालयमा बुझ्दा विद्यत लाईन काटिएको जानकारीमा आएको भन्ने प्रतिक्रिया पाइएको छ । विद्युत लाईन काट्ने काम पछिल्लो घट्ना भएपनि यस अघिनै फाउण्डेशनको तर्फबाट सिताराम कट्टेल धुर्मुसले एक भिडियो मार्फत आफुहरुले रंगशाला निर्माणको काम निरन्तर अगाडि बढाउन नसकेको बताउनभुएको थियो । उँहाले अहिलेसम्म रंगशाला निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै रंगशाला निर्माणको कामलाई थप अगाडि लैजान समस्या परेको भन्ने सन्देश दिनुभएको छ ।
यस्तै प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीको पनि विद्युत लाईन काटेको छ । कम्पनीको ३७ लाख ४१ हजार बक्यौता रहेपछि उद्योगको लाइन काटिएको हो । यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिनुभयो । पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ । विगत केही वर्ष अघि यस कार्यालयमा बक्यौता मात्र सात करोडसम्म पुगेको पौडेलले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो ।