७ जेठ, २०८१ सोमबार

07:38:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाख ११ देखि मेलम्चीको पानी वितरणको तयारी गर्न निर्देशन

Nepal Business

६ बैशाख, २०७९

काठमाडौँ उपत्यकाका १० वटै पानी पोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न आह्वान

वैशाख ११ देखि मेलम्चीको पानी वितरणको तयारी गर्न निर्देशन

काठमाडौँ,

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । 

पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा पुगेपछि मंगलबार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा पुगेपछि मंगलबार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

“वैशाखमा कुनै हालतमा पानी आउँदैन भन्थे, गत वर्ष असार १ गतेको बाढीले मेलम्चीको मुहानमा ठूला ठूला ढुङ्गा आएको थियो, नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौँतर्फ ल्याइयो, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस्”, मन्त्री चौधरीले भन्नुभयो । 

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो । 

काठमाडौँ उपत्यकाका १० वटै पानी पोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न उहाँले आह्वान गर्नुभयो ।

मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ ।