१२ बैशाख, २०८१ बुधबार

06:06:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक सूचक विर्गेका छैनन् : नेपाल उद्योग परिसंघ

Nepal Business

६ बैशाख, २०७९

नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्ने धेरै कुराहरु रहेपनि श्रीलंकाको बाटोमा नेपाल नरहेको

आर्थिक सूचक विर्गेका छैनन् : नेपाल उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको आर्थिक अवस्थाका बारेमा गलत व्याख्य भएको बताएको छ । 

परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी आर्थिक संकटका निम्त्याउने कुनै पनि सूचक कमजोर नरहेको भन्दै अर्थतन्त्रमा नकारात्मक असर पर्छ भन्ने अड्कलबाजी नगर्न समेत अनुरोध गरेको छ । 

संघका अध्यक्ष विष्णु अग्रवालले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्ने धेरै कुराहरु रहेपनि श्रीलंकाको बाटोमा नेपाल नरहेको बताउनुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, नेपालको अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन आवश्यक छ, तर नेपाल श्रीलंकाको बाटोमा छैन ।

यसैगरी संघले आर्थिक संकटका सूचकहरु उपभोग घट्ने, बेरोजगारी बढ्ने, मूल्य वृद्धि बढ्ने लगाएतमा चिन्ताजनक अवस्था नरहेको भन्दै परिसंघले धेरै आत्तीनु नपर्ने बताएको हो । 

श्रीलंका र नेपालको आर्थिक अवस्था र सूचकहरु फरक रहेको भन्दै सिएन आईले श्रीलंकाको आर्थिक संकटको प्रभाव नेपालमा नपर्ने बताएको छ ।