१० मंसिर, २०८१ सोमबार

06:25:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १३.३७ अंकले बढ्यो, दुई कम्पनीमा सर्किट ब्रेक

६ बैशाख, २०७९

सेयर बजार १३.३७ अंकले बढ्यो, दुई कम्पनीमा सर्किट ब्रेक

काठमाण्डौं । लगातार घटिरहेको सेयर बजार बढेको छ । मंगलबार सेयर बजार १३.३७ अंकले बढेको हो ।

सेयर बजार १३.३७ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ३ सय ५७.२४ विन्दुमा पुगेर बन्द भएको हो । 

यस्तै आज (मंगलबार) ३२ लाख १३ हजार १ सय ९५ सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रुपैयाँ कारोबार भएको छ । 

यस्तै सबै उपसमुह बढेका छन् । बैंकिङ ०.३८ प्रतिशत, ट्रेडिङ ०.०४ प्रतिशत, होटल एण्ड टुरिजम १.०४ प्रतिशत, विकास बैंक ०.८२ प्रतिशत, हाइड्रोपावर ०.४३ प्रतिशत, फाइनान्स ०.४५ प्रतिशत, नन्लाइफ इन्स्योरेन्स ०.५८ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.४५ प्रतिशत, विविध १.०९ प्रतिशत, माइक्रोफाइनान्स ०.७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.७७ प्रतिशत, म्युचल फण्ड ०.५३ प्रतिशत र इनभेष्टमेन्ट ०.५३ प्रतिशतले बढेका छन् । 

कम्पनीतर्फ भने सबैभन्दा धेरै कमाउनेमा नेष्डो र ग्रिन भेन्चर रहेका छन् । नेष्डो र ग्रिन भेन्चर १० प्रतिशतले बढेका छन् भने मेगा म्युचल फण्ड ५.४२ प्रतिशतले बढेको छ ।