१६ कार्तिक, २०८१ शुक्रबार
11:24:53 AM
६ बैशाख, २०७९
काठमाण्डौं । आइएमई जनरल इन्सुरेन्सले वैशाख १२ गतेदेखि सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले ९१ हजार १९५ कित्ता सेयर लिलामीमा बेच्ने भएको हो ।
कम्पनीले सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
सो सेयर खरिदका लागि आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।