१० मंसिर, २०८१ सोमबार

06:32:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरले आइपीओ बिक्रिका लागि अनुमति पायो

Nepal Business

६ बैशाख, २०७९

हिमालयन हाइड्रोपावरले आइपीओ बिक्रिका लागि अनुमति पायो

काठमाण्डौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्रि गर्ने अनुमति पाएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रिका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयनको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।