१० मंसिर, २०८१ सोमबार
06:27:49 AM
६ बैशाख, २०७९
काठमाण्डौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओ खरिद गर्ने आज (मंगलबार) अन्तिम दिन हो । लगानीकर्ताले आज (मंगलबार) कार्यालय समयभित्र आइपीओका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको हो ।
सोमबारसम्म लगानीकर्ताहरुले आइपीओमा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
कम्पनीले वैशाख २ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।
यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको छ । यो मध्ये १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको हो ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।