७ मंसिर, २०८१ शुक्रबार
01:43:14 PM
६ बैशाख, २०७९
काठमाण्डौं । नेपाल एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।
मंगलबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा ग्रीन भेन्चर्सको प्रतिकित्ता २ सय ७१ रूपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको आइपीओलाई प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।