२० बैशाख, २०८१ बिहिबार

05:59:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वरोजगारका लागि बीमा संस्थानले दिन थाल्यो अभिकर्ता तालिम

७ पुस, २०७८

स्वरोजगारका लागि बीमा संस्थानले दिन थाल्यो अभिकर्ता तालिम

काठमाडौँ, ७ पुस । राष्ट्रिय बीमा संस्थानले अभिकर्तालाई तालिम दिन थालेको छ । स्वरोजगार वृद्धिका लागि आफ्नो शाखामार्फत विभिन्न  जिल्लामा  तालिम शुरु गरिएको संस्थानले जनाएको छ ।

उसले विराटनगर, घोराही र जनकपुरमा यही पहिलो साता तालिम दिइसकेको छ भने अब पुस ९ र १० गते नेपालगञ्ज, लहान र लगनखेलमा प्रशिक्षण चलाउँदै छ ।

यस्तै पुस १६ र १७ गते झापाको विर्तामोडमा तामिल दिन लागिएको संस्थानले जनाएको छ । पाएक पर्ने स्थानमा गएर तामिल लिइ स्वरोजगार बन्न बीमा संस्थानले सबैमा अपिल पनि गरेको छ ।