७ मंसिर, २०८१ शुक्रबार

01:48:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ वर्षको पहिलो सेयर कारोबार २९.६० अंकले घट्यो

४ बैशाख, २०७९

नयाँ वर्षको पहिलो सेयर कारोबार २९.६० अंकले घट्यो

काठमाण्डौं । प्रि–ओपनिङमा हरियाली छाएको सेयर बजार बन्द हुने अवधिसम्म आइपुग्दा घटेको छ । नयाँ वर्षको पहिलो सेयर कारोबार २९.६० अंकले ओरालो लागेको हो ।

आइतबार २९.६० अंकले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३ सय ८५.६४ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै आज (आइतबार) ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । 

यसैगरी सबै उपसमुहहरु राताम्मे छन् । कम्पनीतर्फ सबैभन्दा धेरै कमाउनेमा नेष्डो रहेको छ । जसको सेयर आइतबार १० प्रतिशतले बढेको छ । 

त्यस्तै जल्पा ४.०३ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था ३.९८ प्रतिशत बढेका छन् ।