२२ बैशाख, २०८१ शनिबार

11:20:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्जिन फेल भएको जहाज दुर्घटनाबाट जोगियो

Nepal Business

४ बैशाख, २०७९

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

इन्जिन फेल भएको जहाज दुर्घटनाबाट जोगियो

काठमाण्डौं । आइतबार समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र ३ चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

यसै क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।