७ मंसिर, २०८१ शुक्रबार

01:36:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजारमा हरियाली

४ बैशाख, २०७९

प्रि–ओपनिङमा सेयर बजारमा हरियाली

काठमाण्डौं । नयाँ वर्षको पहिलो सेयर कारोबारको प्रि–ओपनिङ सकरात्मक देखिएको छ । आइतबार प्रि–ओपनिङमा सेयर बजार ८.४५ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार ८.४५ अंकले सेयर बजार बढ्दा नेप्से परिसूचक २ हजार ४ सय २३.६९ बिन्दुमा पुगेको छ । 

यस्तै प्रि–ओपनिङको कारोबार हेर्दा १ लाख १७ हजार ६ सय ७० कित्ता सेयर किनबेच हुँदा ५ करोड ३० लाख ३२ हजार ९ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

यस्तै नन्नलाइफ इन्स्योरेन्स, अन्य, म्युचलफण्ड र इन्भेष्टमेन्ट उपसमुह घटेका छन् भने बाँकी उपसमुह बढेका छन् । 

प्रि–ओपनिङ राम्रो भएपनि सेयर बजार घटबढ भइरहेको छ ।