७ मंसिर, २०८१ शुक्रबार

12:50:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीवाईसी नेपालको आइपीओ खरिदका लागि कति परे आवेदन ?

४ बैशाख, २०७९

सीवाईसी नेपालको आइपीओ खरिदका लागि कति परे आवेदन ?

काठमाण्डौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ खरिदका लागि १ अर्ब ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आइतबार बिहानसम्ममा ११ लाख ६७ हजार ५१८ जनाले १ करोड ३४ लाख १९ हजार ८७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जानकारी दिएको हो। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३६.३२ गुणा बढी आवेदन हो ।

कम्पनीले वैशाख २ गतेदेखि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६  कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । आइपीओ खरिदका लागि सर्वसाधारणले वैशाख ६ गतेसम्म आवेदन  दिन सक्नेछन् । 

यो मध्ये १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।