५ बैशाख, २०८२ शुक्रबार

11:29:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपत्यकाका सडकमा माग्दै हिँड्ने ५५ बालबालिकाको उद्धार

२ बैशाख, २०७९

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् ।

उपत्यकाका सडकमा माग्दै हिँड्ने ५५ बालबालिकाको उद्धार
काठमाडौँ, 
प्रहरीले विभिन्न निकायसँगको समन्वयमा शुक्रबार काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । 
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । 
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । 
 
 उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । 
 
उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।