७ मंसिर, २०८१ शुक्रबार

07:03:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर (पूर्णपाठसहित)

२ बैशाख, २०७९

कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

शुक्रबार मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराई विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडा अध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।