२५ बैशाख, २०८१ मंगलबार

05:59:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा ९ करोड जुत्ताचप्लको माग

७ पुस, २०७८

हाल नेपालमा ३ करोड जनतामा ९ करोड जोडी जुत्ताचप्पलको आवश्यक छ ।

नेपालमा ९ करोड जुत्ताचप्लको माग

काठमाण्डौं, पुस ७ 

सृजना राउत                                                       

नेपालीको रोजाईमा अहिले स्वदेशी जुत्ता चप्पल पर्न थालेको छ । स्वदेशमै सुलभ मूल्यमा गुणस्तरीय जुत्ता उत्पादन र उपलब्ध हुन थालेपछि उपभोक्ताको आकर्षण बढेको छ ।  
 नेपालमा ३ करोड जनतामा ९ करोड जोडी जुत्ताचप्पलको आवश्यक छ । जसमध्ये  ६० देखि ६५ प्रतिशत मागको आपूर्ती नेपालले नै गरेको  छ । नेपालमा पाँच वर्षअघिको तुलनामा  जुत्ता चप्पलको खपत र मुल्य झन्डै दोब्बर भइसकेको नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण कुमार फुँयालले बताउनु भएको छ ।  सरकारले जुत्ता उत्पादन गर्ने कच्चा पदार्थको भन्सार घटाउनुका साथै अनुदान उपलब्ध गराएमा स्कुल, कलेज र सेक्युरिटी गार्डले लगाउने जुत्तामा अहिले नै करिब–करिब आत्मनिर्भर भएको अध्यक्ष फुँयालले जानकारी दिनुभयो ।