७ मंसिर, २०८१ शुक्रबार

01:21:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु इन्सुरेन्सको बोनस सेयर पारित

२ बैशाख, २०७९

प्रभु इन्सुरेन्सको बोनस सेयर पारित

काठमाण्डौं । प्रभु इन्सुरेन्सले बोनस सेयर पारित गरेको छ । गत बुधबार चैत ३० गते सम्पन्न साधारण सभाले प्रस्तावित ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश पारित अनुमोदन गरेको हो ।

साधारण सभाले पारित गरेकाले अब केही समयपछि सेयरधनीको खातामा पठाउने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सभाले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गरिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

साधारण सभाले हकप्रद सेयर जारी गरेरै चुक्ता पुँजी पुर्याउने प्रस्ताव पारित गरेकाले अब सोही अनुसार क्यापिटल प्लान तयार गरी बीमा समितिमा पेश गरिने निर्णय गरिएको कम्पनीले जनाएको छ । 

हाल यस कम्पनीले केन्द्रीय कार्यालयसहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।