७ मंसिर, २०८१ शुक्रबार

12:53:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विन्ध्यवासिनी हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै, कहिलेदेखि खुल्दैछ ?

२ बैशाख, २०७९

विन्ध्यवासिनी हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै, कहिलेदेखि खुल्दैछ ?

काठमाण्डौं । विन्ध्यवासिनी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको कम्पनीले जनाएको छ । 

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा मात्र बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्ने जनाएको छ । 

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सक्नेछन् ।

यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।