७ मंसिर, २०८१ शुक्रबार

01:43:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीवाइसी नेपालको आइपीओ बिक्रि खुला, कहिलेसम्म दिन मिल्छ आवेदन ?

२ बैशाख, २०७९

सीवाइसी नेपालको आइपीओ बिक्रि खुला, कहिलेसम्म दिन मिल्छ आवेदन ?

काठमाण्डौं । सीवाइसी नेपाल लघुवित्तको सर्वसाधारणका लागि आइपीओ बिक्रि खुला भएको छ । शुक्रबारदेखि सर्वसाधारणका लागि कम्पनीले आइपीओ बिक्रि खुला गरेको हो । 

कम्पनीले ३ करोड ९५ लाख  ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६  कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । 

यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

आइपीओ खरिदका लागि सर्वसाधारणले आज (शुक्रबार) देखि वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६  गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ ।