८ जेठ, २०८१ मंगलबार

07:28:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल बालगृह बन्द

७ पुस, २०७८

विसं २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृहमा १४ बालबालिका थिए । पठनपाठनको व्यवस्थासहित काठमाडौँ पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।

हिमाल बालगृह बन्द


काठमाण्डौं, पुस ७
रुकुमपश्चिम आठबीसकोट नगरपालिका– ९ स्थित सस्ने हिमाल बालगृह बन्द भएको छ । पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बालगृह बन्द भएकोले बालगृहमा रहेका बालबालिकालाई राष्ट्रिय बालअधिकार केन्द्र काठमाडौँमा सारिएको  नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । 

विसं २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृहमा १४ बालबालिका  थिए । पठनपाठनको व्यवस्थासहित काठमाडौँ पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
 बालगृहका बालबालिकालाई केही समय एउटा सिकाइ केन्द्रमा राखिएको थियो । बालगृहमा  तत्काल थप व्यवस्थापन गर्नसक्ने अवस्था नभएपछि सबै बालबालिकालाई सजिलो हुने गरी पठनपाठनको व्यवस्था मिलाइर काठमाण्डौ पठाइएको छ ।