८ जेठ, २०८१ मंगलबार

08:14:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८५ विदेशी विश्वविद्यालयको अनुगमन गरिदैं

Nepal Business

७ पुस, २०७८

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

 ८५ विदेशी विश्वविद्यालयको अनुगमन गरिदैं


काठमाण्डौं, पुस ७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको अनुगमन गर्न निर्देशन दिनु भएको छ । पौडेलले नवगठित समितिलाई स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको हो ।

समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ । 

नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुनसकेको छैन ।