२१ बैशाख, २०८१ शुक्रबार

09:46:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फर्केर हेर्दा वर्ष २०७८ मा आर्थीक उतार चढाव

Nepal Business

१ बैशाख, २०७९

नेपाल राष्ट्र बैंकका अनुसार घ्यू र तेलको मूल्यवृद्धि २६ प्रतिशत भन्दा बढि छ

फर्केर हेर्दा वर्ष २०७८ मा आर्थीक उतार चढाव

काठमाण्डौ । वर्ष २०७८ मा नेपालमा हरेक क्षेत्रमा मूल्य वृद्धि भयो । कोभिड–१९ महामारीको प्रभाव न्यून हुँदै जाँदा अर्थतन्त्र चलायमान भए पनि धेरैजसो वस्तुको मूल्य उकालो लाग्यो ।

कोरोनाले बढाएको मूल्यलाई रूस–युक्रेनबीचको युद्धले थप बढ्न सहयोग पुग्यो । यससँगै, नेपालमा यो वर्ष धेरै वस्तुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

पेट्रोलियम पदार्थ, खानेतेल, खाद्यान्न र सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । खानेतेल, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न लगायत सबैजसो वस्तुको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार घ्यू र तेलको मूल्यवृद्धि २६ प्रतिशत भन्दा बढि छ । यस्तै, तरकारीको मूल्य १३ दशमलव ९६ प्रतिशत, दुग्धजन्य उत्पादनको मूल्य ११ दशमलव ३० प्रतिशत, अण्डाको मूल्य १० प्रतिशत र दालको मूल्यवृद्धि १० दशमलव ३० प्रतिशतसम्म भएको छ ।

ग्याँस र पेट्रोलमा मूल्यवृद्धि

यो वर्ष पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यसअघि, वि.सं. २०७० सालमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

ऊर्जा संकट
यो वर्ष ऊर्जा क्षेत्रको मूल्य बढ्यो । विश्व बजारमा कोइला, पेट्रोलियम पदार्थ र बिजुलीको मूल्य अत्याधिक मात्रामा बढ्यो । यसको प्रभाव नेपालमा पनि परेको छ । 

सुनको मूल्यमा नयाँ कीर्तिमान

वर्ष २०७८ मा कोरोना महामारी र युद्धको प्रभाव सुन र चाँदीको मूल्यमा पनि प¥यो । यो वर्ष सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुग्यो । यसैगरी, यो वर्ष चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँसम्म पुगेको छ । 

माथिल्लो तामाकोशी ऊर्जामा आत्मनिर्भर

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट यस वर्षदेखि व्यवसायिक उत्पादन शुरू भयो । ४५६ मेगावाट क्षमताको आयोजनाले असार २१ गतेदेखि उत्पादन थालेको थियो । यो वर्षदेखि नेपाल बर्खायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनेको छ ।