६ मंसिर, २०८१ बिहिबार

06:26:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण

Nepal Business

३० चैत, २०७८

मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उहाँको भनाइ थियो ।

चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण

काठमाडौँ,
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पु¥याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पु¥याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताउनुभयो ।

मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उहाँको भनाइ थियो । 

पार्टीका महानगर इञ्चार्ज एवं पूर्वराज्यमन्त्री दिलीप महर्जनले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएकाले जनपक्षीय नीति कार्यान्वयन गर्न अहिले माओवादी केन्द्रलाई जिताउन खाँचो रहेको बताउनुभयो ।

 उक्त वडाका प्रस्तावित वडाध्यक्ष रामशरण डङ्गोलले उक्त क्षेत्रमा अग्रगमनका पक्षमा जनता रहेकाले आफूले जित्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।