७ मंसिर, २०८१ शुक्रबार

01:21:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२०७८ सालको अन्तिम दिन बुधबार सेयर बजारमा हरियाली, ३०.२४ अंकले बढ्यो

Nepal Business

३० चैत, २०७८

२०७८ सालको अन्तिम दिन बुधबार सेयर बजारमा हरियाली, ३०.२४ अंकले बढ्यो

काठमाण्डौं । लगातार ओरालो लाग्दै आएको सेयर बजार बुधबार उकालो लागेको छ ।

२०७८ सालको अन्तिम दिन आज (बुधबार) सेयर बजार ३०.२४ अंकले बढेर नेप्से परिसूचक २ हजार ४ सय १५.२४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

सेयर बजार बढ्दा ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार १ सय ४ रुपैयाँको कारोबार भएको छ । 

यस्तै सबै उपसमुहरुमा हरियाली छाएको छ । बुधबार बैंकिङ १.११ प्रतिशत, ट्रेडिङ ०.४९ प्रतिशत, होटल एण्ड टुरिजम १.५८ प्रतिशत, डेभलोपमेन्ट बैंक १.५३ प्रतिशत, हाईड्रोपावर ०.९४ प्रतिशत, फाइनान्स ०.८७ प्रतिशत, नन्लाइफ इन्स्योरेन्स १.१७ प्रतिशत, म्यानुफ्याक्चर र प्रडक्शन १.१२ प्रतिशत, अन्य २.२८ प्रतिशत, माइक्रोफाइनान्स २.१४ प्रतिशत , लाइफ इन्स्योरेन्स ०.७३ प्रतिशत, म्युचल फण्ड ०.४४ प्रतिशत र इनभेष्टमेन्ट ०.७२ प्रतिशतले बढेका हुन्। 

कम्पनीतर्फ नेष्डोमा सर्किट ब्रेक लागेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था ८.९८ प्रतिशत र राष्ट्र उत्थान लघुवित्त संस्थान ७.१९ प्रतिशतले बढेको छ ।