७ मंसिर, २०८१ शुक्रबार
01:37:54 PM
३० चैत, २०७८
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले कोभिड १९ को रोकथामका लागि तोकिएको सुरक्षा मापदण्डको पालना गरी ‘स्क्रिन एग्जिविसन रुम’ (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ ।
कोरोना महामारी फैलिएपछि भिडभाड नहोस् भन्ने उद्देश्यसहित ब्रोकरहरुको स्क्रिन एग्जिविसन कक्ष बन्द रहँदै आएको थियो । लगानीकर्ताले अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् ।
यस्तै धितोपत्र बोर्डले फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ । बुधबार धितोपत्र बोर्डले सूचना जारी गर्दै सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ ।
उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको हो ।