२४ बैशाख, २०८१ सोमबार

03:35:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषकलाई कृषि सामग्री तथा औजार वितरण

Nepal Business

३० चैत, २०७८

कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको

कृषकलाई कृषि सामग्री तथा औजार वितरण

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ ।

कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

व्यावसायिक कृषकलाई नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकलाई आग्रह गर्नुभयो ।

व्यावसायिकरूपमा खेती किसानी गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाइ छ ।