१४ बैशाख, २०८१ शुक्रबार

02:02:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भैरहवामा यसरी थालियो छाडा चौपाया व्यवस्थापन...

Nepal Business

२९ भदौ, २०७९

छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो । नगरका मुख्यमुख्य सडकमै छाडा चौपायाका कारण दुर्घटना बढेको भन्दै यसको आलोचना हुँदै आएको थियो ।

भैरहवामा यसरी थालियो छाडा चौपाया व्यवस्थापन...

भैरहवा,
छाडा चौपायाको कारण हैरान भएको सिद्धार्थनगर नगरपालिकाले यसको व्यवस्थापनका लागि उपाय झिकेको छ । नगरवासीहरुले छोड्ने गरेका चौपायाहरुलाई ट्याग लगाएर नगरपालिकाले छाडा चौपाया नियन्त्रणको प्रयास गरेको छ । 

छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाएको नगरपालिकाले सर्वप्रथम नगरमा रहेका घरपालुवा चौपायाहरुको सङ्ख्या यकिन गर्न नम्बरसहित ट्याग लगाउन सुरु गरेको छ ।

छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाएको नगरपालिकाले सर्वप्रथम नगरमा रहेका घरपालुवा चौपायाहरुको सङ्ख्या यकिन गर्न नम्बरसहित ट्याग लगाउन सुरु गरेको छ ।

 यसले घरमा पालिएका जनावरहरुको सङ्ख्या यकिन हुने तथा कसले चौपाया खुल्ला छाडेको हो त्यसको पनि यकिन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो । 

नगरमा छाडाचौपायाका रूपमा विशेषगरी गाई–गोरु र कुकुर छन् । बुधबार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा पाँच वटा गाई–गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुआत गरिएको पौड्यालले जानकारी दिनुभयो । 

छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो । नगरका मुख्यमुख्य सडकमै छाडा चौपायाका कारण दुर्घटना बढेको भन्दै यसको आलोचना हुँदै आएको थियो । 

लामो समयदेखि यसको व्यवस्थापन गर्न भनिए पनि यसबारे कुनै ठोस निर्णय हुन सकेको थिएन । अहिले छाडाचौपाया व्यवस्थापनका लागि उनीहरुको बन्ध्याकरण गर्ने योजनासहित नगरपालिकाले बजेट नै विनियोजन गरेको छ ।