८ बैशाख, २०८१ शनिबार

06:28:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक लाख सदस्य बनाउने तयारीका साथ अगाडि बढ्दै पैँचो सहकारी

Nepal Business

१७ बैशाख, २०७९

सहकारीमा आवद्ध सदस्यहरुलाई उत्पादनसंग जोड्दै बजारीकरणको समेत व्यवस्थापन गर्ने तयारीका साथ पैँचो सहकारी अगाडि बढेको हो

एक लाख सदस्य बनाउने तयारीका साथ अगाडि बढ्दै पैँचो सहकारी

गुल्मी । सहकारी मार्फत समाज रुपान्तरणको यात्रा सुरु गर्ने सोचका साथ गुल्मीको छत्रकोटमा पैचो बहुउद्देश्यीय सहकारी संस्था सुरु भएको छ ।

सहकारीमा आवद्ध सदस्यहरुलाई उत्पादनसंग जोड्दै बजारीकरणको समेत व्यवस्थापन गर्ने तयारीका साथ पैँचो सहकारी अगाडि बढेको हो । यस अघिनै पैँचो ब्रण्ड गुल्मीबाट सुरु भएर अहिले देशभर परिचित भईसकेको छ ।

छत्रकोटका युवाहरुको अगुवाईमा १ लाख उत्पादनमा संलग्न सदस्य बनाउने तयारीका साथ सहकारी सुरु भएको छ ।

सहकारीको प्रारम्भिक साधारण सभामा पूर्व मुख्य सचिव लिलामणी पौडेलले सहकारीले बचत सङ्गै उत्पादनसंग जोडिएर आर्थिक उपार्जनमा लाग्नेहरुलाई संगसंगै लिएर अगाडि बढ्ने बताउनुभयो ।

पौडेलले अहिले लघुवित्तहरुमार्फत कर्जा लिँदा किसानहरु चर्को ब्याज तिर्नुपर्ने बाध्यतामा रहेको समेत बताउनुभयो । यसबाट छुटकारा दिन पनि सहकारी आवश्यक रहेको उहाँले बताउनुभयो । पौडेलले केहि सहकारीका कर्मचारी र सञ्चालकका कारण समस्या देखिएपछि सबै सहकारी त्यस्तो नरहेको बताउनुभयो । 

छत्रकोट गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मधुकृष्ण पन्तले सहकारी उत्पादनसंग जोडिनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सहकारीका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष धुर्व न्यौपानेले सहकारी मार्फत सदस्य किसानहरुलाई उत्पादनसंग जोड्ने बताउनुभयो । उहाँले उत्पादन संगसंगै बजारीकरणका लागि पनि आफुहरुले सहजिकरण गर्ने बताउनुभएको छ ।

किसानको उत्पादनले बजार नपाए जति उत्पादन गरेपनि उपलब्धी नहुने भन्दै अध्यक्ष न्यौपानेले गाउँमै कृषि गर्ने युवाहरुलाई आर्थिक रुपमा सवल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

गुल्मी अर्घाखाँची पाल्पा रुपन्देहीमा आफ्नो सेवा पुग्नेगरी काम गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । 

पैचो सहकारीमा शेयर लगानिको अधिकतम सिमा दस लाख रुपैयाँ सम्म छ भने कम्तीमा एक हजार बाट बचत सदस्य बन्न सकिने छ । सस्थाले तत्कालै बचत तथा ऋण, कृषि उत्पादन र लघुवित्तका माध्यमबाट सेवा सुरु गर्ने जनाएको छ ।