७ मंसिर, २०८१ शुक्रबार
12:56:28 PM
३० चैत, २०७८
काठमाण्डौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ खरिदका लागि आवेदन दिने बुधबार (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीको आइपीओ खरिद गर्ने समय मंगलबार (हिजो) नै सकिने भएपनि चैत २७ गते रामनवमी पर्वको सार्वजनिक बिदा परेकाले एक दिन म्याद थप गरेको हो । आज (बुधबार) बैंकिङ समयपछि आइपीओ खरिद गर्न सकिनेछ ।
कम्पनीको आइपीओ खरिदका लागि मंगलबार साझसम्म करिब ११५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता सेयर मात्र बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सार्वजनिक निष्कासनमा आएको बाहेक कम्पनीले ०.५ प्रतिशत ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आइपीओ विक्री प्रबन्धकमा नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ ।