६ जेठ, २०८१ आइतबार

08:16:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘इलामा माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’, विजेतालाई रु २० हजार

Nepal Business

३० चैत, २०७८

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् ।

‘इलामा माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’, विजेतालाई रु २० हजार
इलाम,
नयाँ वर्षका अवसरमा इलाममा आज बुधबारदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । 
 
प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिनुभयो । 
 
एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । 
 
प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिनुभयो । 
 
फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ ।
 ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो ।  प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।