१५ बैशाख, २०८१ शनिबार

09:54:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जग्गा किन्न खोज्दा : न जग्गा, न वैना फिर्ता

६ पुस, २०७८

यसरी ८ जनाबाट उनले रु एक करोड ६६ लाख ५० हजार असुलेका छ्न

  जग्गा किन्न खोज्दा : न जग्गा, न वैना फिर्ता

काठमाडौँ ६ पुस  : ठगी गर्नेका पनि अनेक दाउ, कहिले सामाजिक सञ्जालबाट ठगी गरिएका घटना सार्वजनिक हुन्छन् । कसैले जग्गा मिलाइदिन्छु भनेर ठगेका घटना छन् । केही व्यक्तिहरु रकम मागेर फिर्ता नगरी पैसा नभएको खाताको चेक दिएर ठगी गरिरहेका छन् । 

तर यसपटक भने जग्गा मिलाइदिन्छु भन्ने, त्यसबापत पैसा लिने, जग्गाको बैना पनि गर्ने तर न जग्गा दिने न वैना फिर्ता गर्ने । यसरी ठगी गर्ने थालेको फेला परेको छ । यस्तै आपराधिक (ठगी) का गतिविधि गर्ने एक व्याक्ति प्रहरीको फन्दामा परेका छन । उनलाई अब वैँकिङ कसुरमा मुद्दा अघि बढाउने तयारी प्रहरीको छ । 

आज मात्रै प्रहरीले काठमाडौँको बौद्धस्थित थलीबाट यसरी ठगी गर्ने सङ्खुवासभा घर भइ हाल काठमाडौँको बौद्ध बस्दै आएका ५३ वर्षीय दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरेको हो । 

यसरी ८ जनाबाट उनले रु एक करोड ६६ लाख ५० हजार असुलेका छ्न । ठगीको आपारेमा पक्राउ परेका उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।  

जग्गा वैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिइ ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्दमो उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ६ थलीबाट पक्राउ गरिएको परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । 
उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने गरेका थिए । तर जग्गा नामसरी नगर्ने  पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्ने तर पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएकोछ ।