१० मंसिर, २०८१ सोमबार
08:37:57 AM
२९ चैत, २०७८
काठमाण्डौं । कारोबारको दोस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्कटक एक्सचेन्ज नेप्सेका अनुसार आज (मंगलबार) सेयर बजार ३४.७९ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ३ सय ८५.०१ विन्दुमा सिमित भएको हो ।
सेयर बजार १.४४ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ३ सय ८५.०१ विन्दुमा पुगेको हो । मंगलबार ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार घटेको छ ।
यस्तै उपसमुहतर्फ होटल एण्ड टुरिजम बाहेका सबै उपसमुह घटेका छन् । होटल एण्ड टुरिजम ०.१ प्रतिशतले बढेको छ ।
यसैगरी कम्पनीतर्फ नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्किट ब्रेक लागेको छ भने एनआइसी एशिया सेलेक्ट फण्ड ३० ३.५३ प्रतिशतले बढेको छ ।