१० मंसिर, २०८१ सोमबार
08:42:13 AM
२९ चैत, २०७८
काठमाण्डौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ ।
मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले चैत १६ गतेदेखि २१ ग्तेसम्मका लागि आइपीओ निष्कासन गरेको थियो आइपीओका लागि मागभन्दा धेरै आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
आइपीओ दिने अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन परेको थियो ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४२ जना जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक–एक कित्ता पाएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
आफूलाई परे नपरेको आइपीओको नतिजा हेर्न केहि समय कुर्नुपर्ने भएको छ । बाँडफाँड गरेको आइपीओ डाटामा अपलोड नभइसकेकाले के समय कुर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
नतिजा सार्वजनिक भएपछि कम्पनीको आईपीओ आफूलाई परे नपनरेको थाहा पाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) वेभसाइटबाट, ग्लोबल आईएमई क्यापिटलको वेभसाइट, बलेफी हाइड्रोपावर कम्पनीको वेभसाइट, मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर र Mr. NEPSE, SHARE HUB एप्लीकेसनबाट पनि एकै पटकमा धेरै खाताको नतिजा (बल्क) मा हेर्न सकिन्छ ।