१४ मंसिर, २०८१ शुक्रबार

12:58:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपकार लघुवित्तको आइपीओ खरिदका लागि म्याद थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

२९ चैत, २०७८

उपकार लघुवित्तको आइपीओ खरिदका लागि म्याद थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौं । उपकार लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर (आइपीओ) खरिद गर्न छुटाएकाले सर्वसाधारणले आइपीओ खरिद गर्न पाउने भएका छन् ।

कम्पनीले आइपीओ खरिदको म्याद थप गरेको छ । अब लघुवित्तको आइपीओमा चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको हो । 

यस अघि कम्पनीले छिटोमा चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने भने पनि चैत २७ गतेका दिन रामनवमी पर्व परेकाले सार्वजनिक बिदा भएको थियो । सोही कुरालाई मध्यनजर गर्दै कम्पनीले एक दिन आवेदन दिने मिति लम्ब्याएको हो । 

कम्पनीले आइपीओ चैत २५ गतेदेखि बिक्री खुला गरेको थियो। कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । यसको ३६ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । कम्पनीको सेयरमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले निष्कासन गर्न लागेको सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३२८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ता सेयरमा मात्र खरिदका लागि दाबी गर्न पाउने छन् ।