७ मंसिर, २०८१ शुक्रबार
06:49:25 PM
२८ चैत, २०७८
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताउनुभएको छ ।
सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताउनुभएको हो ।
उहाँले महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्नेछौँ ।
यस्तै उहााले भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने र वैदेशिक लगानी ल्याउन हेजिङ लगायतका दीर्घकालीन निर्णय गर्ने पनि बताउनुभयो।
उहाँले आयात नियन्त्रणका लागि पनि कदमहरु चालिएको बताउनुभयो । सन् २०२२ को पहिलो त्रैमासमा नेपाल भ्रमणमा आउने पर्यटको संख्या ७८ हजार नाघेको छ ।
अर्थमन्त्री शर्माले तीन महिनाको अवधिमा ७८ हजार चार सय ४७ पर्यटक नेपाल भ्रमणमा आएको जानकारी दिनुभएको हो ।
पयर्टन बोर्डले उपलब्ध गराएको तग्थ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष विदेशी पर्यटक आगमन १३८.९५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्री शर्माले बताउनुभएको हो ।
उहाँले मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक भित्रिएको बताउनुभयो । अर्थमन्त्री शर्माले मुलुकको पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै अगाडी बढ्ने बताउनुभयो ।
कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएपछि पछिल्लो समय मुलुकको पर्यटकीय गतिविधि बढ्दा क्रममा छ ।