७ मंसिर, २०८१ शुक्रबार
07:05:16 PM
२८ चैत, २०७८
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले देशलाई श्रीलंका जस्तो बनाउन खोजियो भन्ने कुरा अफवाह मात्र भएको दाबी गर्नुभएको छ ।
सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अहिले देशको अवस्था श्रीलंकाको जस्तो नभएको दावी गर्नुभएको हो ।
अहिलेको अर्थतन्त्र सकरात्मक दिशातिर गइरहेको अर्थमन्त्री शर्माको दावी छ। ‘देशको अवस्था नाजूक छैन’, उहाँले भन्नुभयो ।
यस्तै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई ओलीलाई संकेत गर्दै चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको भनेर हल्ला चलाएको बताउनुभयो ।
अध्यक्ष ओलीले सरकार सामाजिक सुरक्षा भत्ता दिन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको थियो ।