७ मंसिर, २०८१ शुक्रबार
07:17:41 PM
२८ चैत, २०७८
काठमाण्डौं– अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही नेपाल राष्ट्र बैंकको ऐनको प्रवाधान अनुसार नै गरेको बताउनु भएको छ ।
सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले गभर्नरलाई कारबाही गरेको कुरा कानून सम्मत नै रहेको बताउनु भएको हो ।
उहाँले गभर्नरलाई किन कारबाही गरियो भन्ने कुराको छानविन गर्न कमिटि गठन गरिएको बताउनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, ‘कमिटिले छानविन गरेर रिर्पोट दिन्छ । त्यो रिर्पोटले सबै प्रश्नको जवाफ दिनेछ । छानविन कमिटि गठन भएकाले कमिटिलाई काम गर्न दिनुभयो भने सबै कुरा एक महिनामा तपाईहरुको सामुने आउन्छ ।’
चैत २५ गते सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो ।