१० मंसिर, २०८१ सोमबार
08:34:12 AM
२८ चैत, २०७८
काठमाण्डौं । कारोबार सुरु भएको साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सधै साताको पहिलो दिन कारोबार सुरु हुने भए पनि आइतबार सार्वजकि बिदा भएकाले कारोबार बन्द थियो ।
सेयर कारोबार सोमबार ४४.५६ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ४ सय १९.८० विन्दुमा पुगेको हो ।
आज (सोमबार) ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँको कारोबार भएको छ ।
यस्तै सबै उपसमुह राताम्मे छन् ।
यसैगरी सबैभन्दा धेरै कमाउनेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा रहेको छ । नेष्डोको सेयर मूल्य १७० रुपैयाँले बढेर प्रतिकित्ता १८ सय ७० रुपैयाम पुगेको छ ।
धेरै कमाउने दोस्रो रहेको छ, जाल्पा सामुदायिक लघुवित्त । जल्पाको सेयर मूल्य ४४ रुपैयाँ ६० पैसाले बढेर ४९१ रुपैयाँ १० पैसामा पुगेको छ ।
तेस्रोमा महालक्ष्मी विकास बैंक रहेको छ ।बैंकको सेयर मूल्य ३८ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।