७ मंसिर, २०८१ शुक्रबार
07:15:06 PM
२८ चैत, २०७८
काठमाण्डौ । समय–समयमा विभिन्न विषयमा पत्रकार सम्मेलन मार्फत अर्थतन्त्र र आर्थिक सूचकका बारेमा जानकारी दिने अर्थ मन्त्रालयले सोमबार दिउँसो (आज) ४ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
बजेट निर्माणको काम भईरहेको, सरकारका नीति तथा कार्यक्रमहरु ल्याउने पर्ने र खर्च बढाउनुपर्ने समयमा गर्न लागेको पत्रकार सम्मेलन पनि यी र यस्तै विषयमा केन्द्रीत कुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
तर पत्रकार सम्मेलनमा अर्को विषय स्वतह उठ्ने छ भर्खर मात्र गरिएको गभर्नरको कार्वाही । अहिले चौतर्फी गभर्नरको कार्वाहीलाई लिएर भएको वहस र छलफलले सोमबार अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि प्रवेश पाउने छ ।
यस विषयमा यस अघि अर्थात आईतवार प्रमुख प्रतिपक्षदल नेकपा एमालेका तीन पूर्व अर्थमन्त्रीहरुले पत्रकार सम्मेलन मार्फत अर्थमन्त्रीको सनकमा गभर्नरलाई कार्वाही गरिएको आरोप लगायका छन् ।
यसैगरी अन्य केही दलहरुले पनि अर्थमन्त्रीले अहिले गभर्नरलाई कार्वाही गर्ने समय नरहेको प्रतिक्रिया दिएका छन् ।
सोमवार अर्थात (आज ) दिउँसो ४ बजेको पत्रकार सम्मेलनमा मन्त्रालयको आधिकारीक धारणा के आउँछ भन्ने चौतर्फी चासोको विषय बनेको छ ।